संविधान दिवसको अवसरमा ग्लोबल आइएमई बैंकद्वारा वृक्षारोपण

काठमाडौं, असोज ३ । ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण गरेको छ ।


बैंकले काठमाडौंको पानीपोखरी देखि महाराजगंजसम्मको सडक पेटिका विभिन्न स्थानमा करिब २०० रुखका विरुवा रोपेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त विरुवा रोपिएको बैंकले जनाएको छ ।


कार्यक्रममा का.म.न.पा. वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धकहरु सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणालगायत पदाधिकारी, बैंकका अन्य कर्मचारी र स्थानीयवासीको सहभागिता रहेको थियो ।

यसका साथै बैंकका उपत्यका बाहिर रहेका शाखाहरुले पनि संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षारता तथा दीपावलीका कार्यक्रमहरुको आयोजना गरेको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्