युरोपियन च्याम्पियन्स लिग : पिएसजीद्वारा रियाल मड्रिड पराजित, म्यान्चेस्टर सिटी र बायर्न म्युनिख विजयी
काठमाडौं असोज २ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रियाल मड्रिडलाई पराजित गरेको छ ।
गएराती फ्रान्समा भएको खेलमा घरेलु टोली पिएसजीले स्पेनको रियाल मड्रिडलाई ३–० ले हराएको हो ।
पिएसजीको जितमा अर्जेन्टाईनी खेलाडी एन्जल डि मारियाले दुई तथा थोमस मुनियरले एक गोल गरे । डि मारिया रियाल मड्रिडकै पूर्व खेलाडी हुन् ।
च्याम्पियन्स लिगकै अर्को खेलमा बेल्जियमको क्लब ब्रुज र टर्कीको गालातासारेले गोलरहित बराबरी खेलेका छन् ।
युएफा च्याम्पियन्स लिग समुह बि को खेलमा जर्मनीको बायर्न म्युनिखले सर्वियाको रेडस्टार बेलग्रेडलाई ३–० ले हराउँदा ग्रिसको ओलम्पियाकोस र इङ्गल्याण्डको टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेले ।
अर्को इंग्लीश क्लब म्यान्चेस्टर सिटीले भने गएराति युक्रेनको शख्तरलाई ३–० ले हरायो ।
यही समुहको अर्को खेलमा युक्रेनको डाइनामो जाग्रेबले इटालीको एटलान्टालाई ४–० ले पाखा लगयो ।
समुह डि को खेलमा स्पेनको एथ्लेटिको मड्रिड र इटालीको युभेन्टसले २–२ गोलको बराबरी खेल्दा रुसको लोकोमोटिभ मस्कोले जर्मनीको बायर लिभरकुजेनलाई उसैको मैदानमा २–१ ले पराजित ग¥यो ।
प्रतिक्रिया दिनुहोस्