सनराइज बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौँ, १ असोज । सनराइज बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई करिब १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आव. २०७५÷०७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर गरी १५.८ प्रतिशत लाभांश दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैंकको हाल कायम चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८ सय ५१ रुपैँया रहेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई साधारण सभाबाट पारित भएपछि वितरण हुने प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्