एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. को २४ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, १ असोज । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
असोज १ गते बुधबार अग्रवाल भवन, कमलपोखरीमा दिउसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राख्नुभएको थियो ।
कम्पनीको २४ औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । सभाले कम्पनीले लगानीका क्षेत्र थप गर्ने प्रस्ताव तथा उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनी संग गाभ्ने÷गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्