स्पेनिश ला लिगामा बार्सिलोना लेभान्टेसँग विजयी

बार्सिलोना (एजेन्सी) । गए राति स्पेनिश ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोना लेभान्टेसँग ३–० ले विजयी भएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र पौलिन्होले गोल गरे ।

खेलको १२ औं मिनेटमा मेस्सीले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाए । त्यस्तै पहिलो हाफको ३८ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । पौलिन्होले खेलको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको सहज जित सुनिश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्