डेङ्गु प्रकोपले विकाराल रुप लिइरहेकै बेला स्वास्थ्यमन्त्री यादव आज अमेरिका जाँदै
काठमाडौँ, असोज १ । डेङ्गु प्रकोपले विकाराल रुप लिइरहेकै बेला उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका जाने भएका छन् ।
मन्त्री यादव आज ९.३० बजे अमेरिका जाने तयारीमा रहेका छन् । डेङ्गु प्रकोपले विकाराल रुप लिइरहेकै बेला स्वास्थ्यमन्त्री यादव पुन विदेश भ्रमणमा जान लागेका हुन् ।
स्वास्थ्य मन्त्रालयले डेंगु प्रकोप नियन्त्रण गर्न नसकेको भन्दै चर्को विरोध भैरहेको छ । वैशाखबाट सुरु भएको प्रकोप अहिले ५६ भन्दा धेरै जिल्लामा फैलिसकेको छ भने ६ जनाको निधन भइसकेको छ ।
सो प्रकोप नियन्त्रण गर्न निःशुल्क उपचारको विकल्प खुल्ला राखिएको मन्त्रालयले जनाएपनि अहिलेसम्म त्यसको कार्यन्वयण हुन सकेको छैन ।
सेप्टेम्बर २२—२३ मा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्टसंघको महासभामा स्वास्थ्यको सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुनको लागि मन्त्री यादव आज अमेरिका जान लागेका हुन् ।
मन्त्री यादव भने दशैको मुखमा नेपाल फर्कने छन् । मन्त्रालयलले जारी गरेको विज्ञिप्तअनुसार मन्त्री यादव असोज १४ गते मात्रै नेपाल फर्कने छन् ।
प्रतिक्रिया दिनुहोस्