मुक्तिनाथ विकास बैंकद्वारा जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग
काठमाडौं, असोज १ । मुक्तिनाथ विकास बैंकले जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।
बैंकले लमजुङ्गको राइनास नगरपालिका–५ पाउदीको ढिक सर्वोदय सेवाश्रमद्धारा सञ्चालन गरेको जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।
उक्त सर्वोदय सेवाश्रमका जेष्ठ नागरिक आश्रममा १३ जना जेष्ठ नागरिक रहेका छन् । सर्वोदय सेवाश्रमको वार्षिकोत्सवको अवसर पारेर बैंकले खाद्यान्न प्रदान गरेको हो ।
उक्त सहयोग खाद्यान्न मुक्तिनाथ विकास बैंकका डुम्रे शाखाका प्रमुख श्री ईश्वर सापकोटाले सर्वोदय सेवाश्रममा हस्तान्तरण गरे ।
प्रतिक्रिया दिनुहोस्