एनआईसी एसिया बैंकको एटीएम कार्ड अब अरु बैंकको एटीएम मेशिनमा पनि चल्ने
काठमाण्डौ , असोज १ । एनआईसी एसिया बैंकको एटीएम कार्ड अब अरु बैंकको एटीएम मेशिनमा पनि चल्ने भएको छ ।
भिसा नेटर्वकमा आवद्ध भएका अरु बैंक तथा बित्तीय संस्थाका एटीएम मेशिनमा बुधबारदेखि डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु चल्ने बैंकले जनाएको छ ।
गएको भदौ १८ गतेदेदेखि बैंकका डेबिट र क्रेडिट कार्ड अरु बैंक तथा वित्तीय संस्थाका एटीएम मेशिनमा नचल्ने भएकोमा बुधबारदेखि भने चल्ने भएको हो ।
एनआईसी एसिया बैंकले देशभर २९८ शाखा कार्यालयहरु, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्