सानिमा बैंक अमरसिंह शाखाद्वारा रु. ६ लाख आर्थिक सहयोग
काठमाडौं, ३० भदौ । संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिदैं सानिमा बैंक अमरसिंह, पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा संचालित “विद्यालय खाजा अभियान” लाई रु. ६ लाख रुपैया आर्थिक सहयोग गरेको छ ।
उक्त खाजा अभियान अन्तर्गत विद्यालयले दैनिक १२५ भन्दा बढी बालबालिकहरुलाई खाजा खुवाउदै आइरहेको छ । बाल दिवसको अवसरमा विद्यालयद्वारा आयोजित एक कार्यक्रममा यस बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तण्डुकारले कालिका विद्यालयको प्रधानाध्यापक बलराम गिरीलाई सो रकम हस्तान्तर गर्नुभयो ।
सोही कार्यक्रममा विद्यालय खाजा अभियानका अध्यक्ष बासुदेव अधिकारीले खाजा अभियानको प्रभावले त्यस विद्यालमा उल्लेखनिय विद्यार्थी भर्ना भएको र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको बताउनु भयो । बैंकका शाखा प्रबन्धक बिरेन्द्र लाल श्रेष्ठले भविष्यका कर्णधारहरु शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित नहुन भनि विद्यालयको यस्तो महान सामाजिक कार्यलाई आर्थिक सहयोग गर्ने अवसर दिएकोमा खुशी व्यक्त गर्नुभयो ।
सानिमा बैंकले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै विगत ७ बर्ष देखि सम्पुर्ण उपत्यका बाहिरका शाखाहरुबाट हरेक बर्ष २ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्दै आइरहेको छ । साथै शैक्षिक क्षेत्रमा थप योगदान दिन तिच फर नेपाल संस्थालाई पनि आर्थिक सहयोग गरेको छ । त्यसै गरि बैंकले विभिन्न मितिमा प्रत्येक शाखाहरुवाट सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।
सानिमा बैंकका सात वटै प्रदेशमा हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा ए.टि.एम. रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्