सिद्धार्थ बैंकका शेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं, भदौ ३१ । सिद्धार्थ बैंकले आफ्ना शेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।
मिति २०७६/५र३० मा बसेको सञ्चालक समितिको ३२३औं बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि समेत) गरी कुल २५.२६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको हालको चुक्ता पूँजी ८ अर्व ८८ करोड ७६ लाख ४ हजार ५ सय ४० मा १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति पश्चात साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्