ज्ञानेन्द्र शाही ललितपुर प्रहरी हिरासतमा
काठमाडौ, ३० भदौ । ललितपुर प्रहरीले पक्राउ गरी ज्ञानेन्द्र शाही लाई हिरासतमा राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानभित्र दुर्व्यवहार अभियोगमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राखेको हो ।
यसअघि आइतबार नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि दुर्व्यवहारबारे जानकारी दिन पुल्चोकमा भएको पत्रकार सम्मेलनमा शाहीमाथि हातपात भएपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । एकछिन नियन्त्रणमा लिएर छोडेको प्रहरीले राति फेरि समातेर हिरासतमा राखेको हो ।
उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भएकाले हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई पक्राउ पूर्जी जारी गरेर हिरासतमा राखिएको हो ।
शाही लगायतकाले शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट विमान उड्न ढिलो भएको भन्दै विमानभित्रै अभद्र व्यवहार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्