फर्निचर तथा फर्निसिङ एक्स्पो आज सकिंदै, अवलोकत कर्ताको भिड
काठमाडौं,२९ भदौ । राजधानीको भृकुटीमण्डपमा चलिरहेका फर्निचर तथा फर्निसिङ एक्स्पोमा शनिवार अवलोकन बर्ताको भिड लागेको छ । शनिबार मात्रै २४ हजारभन्दा बढीले अवलोकन गरेका छन् । बुधवारदेखि शुरू भएको एक्स्पोमा शुरूदेखि नै अवलोकनकर्ताको भीड लागेको थियो । एक्स्पोको फर्निचर तथा फर्निसिङ संघका अनुसार शनिवारसम्ममा ६६ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् ।
‘शुक्रवारसम्ममा ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए भने शनिवार मात्र २४ हजारले अवलोकन गरेको संघले जानाएको छ । आइतवारसम्ममा ८० हजारभन्दा बढीले मेला अवलोकन गर्ने अनुमान छ,’ इभेन्ट सोलुशनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले भने ।
प्रदर्शनीस्थलमा रक्तदान कार्यक्रम समेत गरिएको छ । शनिवार ११५ प्रिन्ट रगत संकलन भएको फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए । अग्रवालले शनिवार अवलोकनकर्ताको बाक्लो उपस्थितिका साथै रक्तदाताको सक्रिय सहभागिताले आफूहरू उत्साहित बनेकोे उल्लेख गरे । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेन्ट सोलुशन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई जेम फ्लोरिङले प्रायोजन गरेको छ ।
एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसिएशन र स्पेसेज म्यागाजिनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनरमा एभरेस्ट इन्स्योरेन्स छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी प्रदर्शकको सहभागिता छ ।
प्रदर्शनीमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री छन् । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण हुन् । एक्स्पो आइतबार सकिनेछ ।
क्रयशक्तिअनुसार सामान्यदेखि सांस्कृतिक झल्को दिनेसम्मका सजावट यसमा हुने नै भए, जसले घरलाई पूर्ण र आकर्षक बनाउँछ । नेपालमा चीन, इन्डोनेसिया, भारत, मलेसिया, टर्कीलगायत देशबाट फर्निचर तथा फर्निसिङका सामग्री आयात हुने गर्छ । नेपालमा खपत हुने फर्निचरमा अहिले आधाजस्तो बजारहिस्सा स्वदेशी उत्पादनले धान्न थालेको छ । फर्निसिङमा पछिल्लो समय उद्योग र लगानी थपिए पनि अझै उल्लेख्य प्रगति हुन नसकेको व्यवसायीहरू स्विकार्छन् ।
उत्पादन मात्र गरेर पनि त्यसको औचित्य पूर्ण हुन सक्दैन । उत्पादित सामग्री गुणस्तरीय हुनुपर्छ र उपभोक्ताले यसबारे जानकारी पनि पाउनुपर्छ । यसका लागि मेला महोत्सव महत्वपूर्ण साबित हुने उत्पादकदेखि उपभोक्तासम्मकोे अनुभव छ । त्यसैले ७ वर्षदेखि हरेक वर्ष क्यालेन्डर इभेन्टकै रूपमा काठमाडौंमा पनि फर्निचर तथा फर्निसिङ सामानको प्रदर्शनी मेला आयोजना हुने गरेको छ ।
नेपालमा खपत हुने फर्निचरमा अहिले आधाजस्तो बजारहिस्सा स्वदेशी उत्पादनले धानेको छ । बाँकी चीन, इन्डोनेसिया, भारत, मलेसिया, टर्कीलगायत देशबाट फर्निचर तथा फर्निसिङका सामग्री आयात हुन्छन् ।
काठको र दक्ष मजदुरको अभाव, सस्ता आयातीत वस्तुसँगको प्रतिस्पर्धालगायत धेरै समस्या र चुनौतीले घेरिएका छन्, व्यवसायीहरू । यसका बाबजुद उनीहरू व्यवसाय टिकाउने मात्र नभई यसलाई अघि बढाउने योजनाका साथ सक्रिय छन् । नतिजा, उद्योग थपिँदै छन् । ग्राहकहरू पनि गुणस्तरीय स्वदेशी उत्पादनमा आकर्षित हुन थालेका छन् ।
देशमा वार्षिक बजेटभन्दा बढीको व्यापार घाटा भएकाले सरकारले विभिन्न वस्तु आयातमा कडाइ गर्ने र व्यापार घाटा घटाउने योजना बुनिरहेको छ । तर, स्वदेशमै उत्पादन गरेर आयात घटाउनेतर्फ भने सरकारी निकायको सहयोग नपाएको व्यवसायीको गुनासो रहँदै आएको छ ।
यस्तो अवस्थामा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष संवाद गराउने र नयाँ प्रविधि र उत्पादनबारे जानकारी दिने उद्देश्यले प्रत्येक वर्ष नेपाल फर्निचर एन्ड फर्निसिङ संघले एक्सपो गर्दै आएको छ । यसले गर्दा उपभोक्ताले सहजै आवश्यक ज्ञान र आवश्यकता परिपूर्ति गर्नमा रहज भएको छ ।
प्रतिक्रिया दिनुहोस्