बुद्ध एयरले थप्यो अर्को एटिआर-७२, जहाजको संख्या १३ पुग्यो


काठमाडौं, २९ भदौ । । बुद्ध एयरले नयाँ एटिआर ७२ जहाज ल्याएको छ । भारतको चेन्नईबाट उडानभरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गरेको हो ।

यो जेट एयरवेजले निर्मित जहाज हो । बुद्धले एटीआर कम्पनीमार्फतनै जहाज किनेको हो । बुद्ध केही समयपछि अर्को जहाज पनि भारतबाटै ल्याउने बताएको छ ।


बुद्धसँग यो एटिआर -७२ जहाज थपेसंगै जहाजको संख्या १३ पुगेको छ । बुद्धसँग एटिआर- ७२ जहाजको संख्या ८ वटा छ भने एटिआर -४२ जहाज तीन छ । बुद्धसँग दुईवटा १९०० डी जहाज छ ।
कम्पनीले थप अर्को जहाज अक्टोबरमा ल्याउँदैछ । कम्पनीका अनुसार नेपालीहरुको मूख्य चार्ड नजिकिदै गर्दा यात्रुहरुलाई सहज रुपमा यात्रा गराउने उदेश्यका साथ नयाँ जहाजले दशैं अघिनै उडान थाल्ने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्