हरिले उचाले टिभीएस खुला दौडको उपाधि
काठमाडौँ, भदौ २८ । आर्मी क्लबका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् ।
शनिबार भएको प्रतियोगितामा आर्मीको बचश्व रहेको दौडमा उपाधि विजेता रिमालले २६ मिनेट २९.८१ सेकन्डमा दुरी पार गरेका थिए ।
दोस्रो स्थानमा रहेका दीपक अधिकारी १.४ सेकेन्डले मात्रपछि परेका थिए । उनले उक्त दुरी पार गर्न २६ मिनेट ३०.८५ सेकेण्डको समय खर्चेका थिए ।
तेस्रो स्थानमा रहेका आर्मीकै गजेन्द्र राईले २६ मिनेट ३५.९० सेकेन्डमा दुरी पार गरेका थिए ।
स्वस्थ्यका लागि रमाईलो टिभिएस दशैँ दौड भन्ने नाराका साथ सुरु भएको दौडमा ५ वर्षका बालक नेबिस रौनियार पनि दौडमा सहभागिता भएका थिए ।
युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले उद्घाटन गरेको आठ किमी खुला दौडमा नक्शालको बाल मन्दिर हुदै सिटिसेन्टर, कमलपोखरी, पुतलीसडक, भृकुटीमण्डब, थापाथली, त्रिपुरेश्वर, सुनधारा, दरबारमार्ग, नागपोखरी हुदै नक्शालको टिभिएस सोरुममा आएर समाप्त भएको थियो ।
उपाधि विजेता रिमालले ५० हजार,उपबिजेता अधिकारीले २५ हजार र तेस्रो स्थान हात पार्ने राईले १५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्