एयर एसियाले प्राधिकरणलाई आज १० करोड बुझाउने

काठमाडौं– मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौतामध्ये आज १० करोड बुझाउने भएको छ । यसअघि हिजो कम्पनीले दुई करोड रुपैयाँ बुझाएको छ ।

कम्पनीले आज १० करोड तिर्ने मौखिक सहमति गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका निमित्त प्रमुख सुधीर चौधरीले जानकारी दिनुभयो । कम्पनीले बाँकी रकम प्रत्येक महिना तीन करोडका दरले तिर्दै जाने लिखित प्रतिबद्धता भएको छ ।

लामो समय केही वायुसेवा कम्पनीले विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क तिरेका छैनन् । सबैभन्दा बढी एयर एसियाको २३ करोड रुपैयाँ बक्यौता थियो ।

मौखिक प्रतिबद्धताअनुसार रकम नतिरेको खण्डमा भने आज काठमाडौंमा जहाज ल्यान्ड भएपछि उड्न पाउने छैन् । एयर एसियाले आज १० करोड रुपैयाँ दाखिला गरेपछि मात्रै बाँकी ११ करोड रुपैयाँको हकमा मासिक तीन करोडको प्रतिवद्धता लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्