नुन बिक्रि वितरण गर्न निजिक्षेत्रलाई दिने कुरा हावादारी र भ्रामक : आपूर्ति मन्त्री यादव (फोटोसहित)
काठमाडौं, २७ भदौ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले ५७ औं वर्षमा प्रवेश गरेको छ ।
कर्पोरेशनले आफ्नो वार्षिकोत्सवको अवसरमा आफ्ना उत्कृष्ठ कर्मचारी, सामाजिक क्षेत्रमा योगदान गर्ने संस्थालाई पुरष्कृत गर्दै ५७ औं मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले सरकार कहिल्यै पनि गुणस्तरियमा सम्झौता नगर्ने र नुन बिक्रि वितरणको जिम्मेवारी पाएको साल्ट ट्रडिङ्ग कर्पोसनको काममा सरकार बाधक नभएको बताए ।
सरकारले निजि क्षेत्रलाई नुन बिक्रि वितरण गर्न दिने सरकारको योजना नभएको प्रष्ट्याउँदै केहि सञ्चार माध्यमले हावादारी र भ्रामक समाचारह? सम्प्रेषण गरेको टिप्पणी गरे ।
त्यस्ता भ्रमित र प्रमाणविनाका समाचार सम्प्रेषण नगर्न र त्यसको पछि नलाग्न सबैलाई आग्रह गरे । तर कर्पाेरेनलाई समय अनुसार परिवर्तित हुन भने आग्रह गरे । उनले अन्य निजि क्षेत्रलाई पनि मुल्यवृद्धि नगर्न आग्रह गरे ।
उनले दशैंतिहारको समयमा मात्र नभई सधैंभरी नै सस्तो र सहुलियत मूल्यका पसलह? सञ्चालन हुनु पर्नेमा जोड दिए । चावपर्वलाई मात्रै सहुलियत पसल सञ्चालन गर्र्ने परिपाटीलाई अन्त्य गरी उपभोक्ताको हितका लागि बाहै्र महिना सहुलियत मूल्यका पसलह? सञ्चालन गर्नु पर्ने बताए ।
साल्ट ट्रडिङ्ग कर्पाेरेशनले स्थापनाकाल देखि नैे उपभोक्ताह?को हक हितका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै आम उपभोक्तालाई सेवा र नाफा दिने संस्था बन्न आग्रह गरे ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उपभोक्ताको सामान तथा वस्तु सहजिकरण गर्ने सरकार सदैव तयार रहेको बताए । कर्पाेरेशनले खेलेको भूमिकालाई प्रशंसा गर्दै बजारमा अस्वभाविक ?पमा बढ्ने मुल्य वृद्धिलाई रोक्न यसले सहयोग पूर्याएको बताए । कर्पाेरेशनले कार्यक्षेत्रलाई विविधिकरण गर्दै समय सापेक्ष परिवर्तन गर्दै लैजान पनि आग्रह गरे ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव तथा सञ्चालक समितिको सदस्य नवराज ढकालले खाद्यान्न आपूर्तिलाई सुगमदेखि दुर्गमसम्म जिल्लासम्म र्पाेरेशनले महत्वपूण भूमिका खेलेको बताए । निजि क्षेत्रलाई नुन बेच्न नदिएको कुरा दोहोर्याए ।
कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सबैको सहायोगबाट संस्थाले गरेको प्रगतिलाई आत्मसाथ गर्दै यस संस्थाले मानव जीवनमा महत्वपूर्ण परिवर्तन ल्याएको बताईन् । दशैंतिहारलाई लक्षित गरी सहुलियतका पसलका साथसाथै विभिन्न सामानमा छु्ट समेत प्रदान गरेको जानकारी गराईन् ।
उनले सन् १९८५ को तथ्याङ्क अनुसार ४४.२ प्रतिशत गलगाँड रोगी रहेकोामा त्यो संख्या झरेर ०.४ प्रतिशतमा झरेको बताउँदै संस्थाले सरकारले दिएको जिम्मेवारी र पाएको अधिकारलाई आम उपभोक्तामा पूर्याउन सफल भएको भएको बताइन् ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निजि क्षेत्रलाई नुन बेच्न दिए जनता एकदिन नुन खान नपाएर मर्ने बताए ।
कर्पाेरेशनले विभिन्न समाजसेवा मार्फत उत्कृष्ट कार्य गरेवापत विभिन्न राशीका बालकुमारी पुरस्कारबाट नैमिसा रन्य गु?कुल बनेपालाई पुरस्कृत भएको छ भने उत्कृष्ट कर्मचारी सेवा पुरस्कार जितेन्द्र शाह, विमल खनाल र विष्ण केसी पुरस्कृत भएका छन् ।
यस्तै ईश्वरलाल श्रेष्ठ उत्कृष्ठ कर्मचारी सेवा पुरस्कारबाट उमेश कुमार ओझा, सुदिपसिहं रायमाझी र सञ्जय कमाचार्य पुरस्कृत भएका छन् ।
यस्तै साल्ट ट्रडिङ लोकनाथ जोशी छात्रवृति अन्तर्गत एसइइमा उत्कृष्ट अंक ल्याउने कर्मचारीका छोराछोरीह?लाई समेत पु?स्कार वितरण गरिएको थियो । पुरस्कार पाउनेमा अमज लामिछानेका छोरा अविशेक लामिछाने र मेघराज ज्ञवालीकी छोरी स्नेहा ज्ञवाली रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्