नाडेज्दा कपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३ -२ ले पराजित
काठमाडौं, भदौ २६ । नेपाल नाडेज्दा कप फुटबलको फाइनलमा उज्वेकिस्तानसँग पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–२ को गोलअन्तर पराजित भएको हो । सावित्रा भण्डारीले २ गोल गरे पनि नेपालले खेल जिन्त सकेन् । गोलका तीन सुन्दर अवसर बारमा लागेर फर्किंदा नेपाल वर्षको पहिलो उपाधि जित्नबाट वञ्चित भएको छ ।
नेपालका लागि सावित्रा भण्डारीले दुई गोल गोल फर्काउँदै पुनरागमनको आशा देखाए पनि नेपाल अन्ततः पराजित हुन पुग्यो । सुरुदेखि आक्रामक बनेको उज्वेकिस्तानविरुद्ध नेपालले पहिलो हाफसम्म सम्हालिएको प्रदर्शन गरेको थियो ।
कमजोर नेपाली डिफेन्सको फाइदा उठाउँदै उज्वेकिस्तानले पहिलो हाफ सकिन ६ मिनेट बाँकी रहँदा अग्रता लिएको थियो । त्यसअघि खेलको १७ औं मिनेटमा नेपालले प्रहार गरेको बल पोष्टमा ठोक्किएर बाहिरिएको थियो । गोलकिपर अगाडि बढेको मौकामा प्रहार गरेको बल उज्वेकिस्तानकी डिफेन्डरले जोगाएकी थिइन् ।
पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफमा २ गोल गर्न सफल भए पनि थप दुई गोलको शिकार भयो । ५३ औं मिनेटमा दोस्रो पटक नेपालको प्रहार पोष्टमा लागेर बाहिरिएको थियो । गलत्तै दुई मिनेटपछि उत्कृष्ट मुभमा उज्वेकिस्तानले दोस्रो गोल गर्यो । २–० को अग्रतापछि उत्साहित उज्वेकिस्तानले ६४ औं मिनेटमा तेस्रो गोल गरेको हो ।
राम्रो अवसर बनाए पनि गोल गर्न नसकेको नेपालले ६७ औं मिनेटमा उज्वेकिस्तानको अग्रता घटाएको थियो । गोल गर्दै पुनरागमनको संकेत देखाएकी सावित्राले इन्जुरी समयमा पेनाल्टीमार्फत् दोस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकिनन् । नेपाल लिग चरणमा पनि उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्