एलपी ग्यास उद्योग संघको अध्यक्षमा पुनः भण्डारी

काठमाडौं, २६ भदौ । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी पुनः निर्विरोध निर्वाचित भएका छन् ।


संघको बुधबार भएको साधारणसभाबाट उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शंकर श्रेष्ठ र मनोजकुमार दास चयन भएका छन् । महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा धर्मराज बर्तौला चयन भएका छन् ।

सभाबाट उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शंकर श्रेष्ठ र मनोजकुमार दास चयन भएका छन् । महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा धर्मराज बर्तौला चयन भएका छन् ।

संघको सदस्यहरुमा सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल जाजोदिया, बाबुराम पोखरेल, योगेश घिमिरे र स’दिप घिमिरे चयन भएका छन् । संघले योगेश पौडेल र अमित अग्रवाललाई मनोनित सदस्यका रुपमा चयन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्