यसरी मनाउँदै छ साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ५७औं वार्षिकोत्सव

काठमाडौं, २५ भदौ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले ५७औं वर्ष पूरा गर्दैछ । कर्पोरेशनले यहि भदौ २७ गते कर्पाेरेशनको केन्द्रीय कार्यायलमा आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमका साथै सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्ति, संस्था र उत्कृष्ठ कर्मचारीलाई सम्मान गरि मनाउँदै छ ।

नुनले बालबालिकालाई आयोडिनको कमीबाट लाग्ने रोग पोलियो,गलगाँड, सुस्त मनस्थिती, शारिरिक बिकासलगायत रोग लाग्नबाट बचाएको छ । यसैकुरालाई जोडेर सरकार र निजिक्षेत्र दुबैको लगानी भएको कर्पोरेशनले बालबालिकाको क्षेत्रमा विशेष योगदान गरेका व्यक्ति संघ÷संस्थालाई प्रत्येक वर्ष नगदसहित पुरस्कृत गर्दै आएको र यस वर्ष पनि यसलाई निरन्तरता दिएको कर्पोरेशनका वरिष्ठ सूचना अधिकारी बज्रेशकुमार झाले बताउनुभयो ।

कर्पोरेशनमा कार्यरत कर्मचारीहरुमध्येबाट अधिकृतस्तर, सहायकस्तर र श्रेणी विहिन कर्मचारीलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै कर्पोरेशनको पहिलो कार्यकारी निर्देशक इन्द्रलाल श्रेष्ठको स्मृतिमा स्थापना गरिएको इन्द्रलाल स्मृति पुरस्कार पनि कर्पोरेशनका उत्कृष्ठ कर्मचारीहरु मध्येबाट अधिकृत, सहायक र श्रेणी विहिन कर्मचारीलाई नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको अधिकृत झाले जानकारी दिनुभयो ।

कर्पाेरेशनले सेकेण्डरी एजुकेशन एक्जामिनेशन (एसईई) परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने कर्मचारीका छोरा छोरी एक/एक जनालाई पुरस्कृत गरी एघार र बाह्र कक्षा अध्ययनको लागि मासिक ४ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले विशेष गरि आयोनून, शक्ति नून, तेज नून, भानु नून, कृषि मल, खाने तेल, खाना पकाउने ग्याँस (एलपी ग्याँस) चिनी, दाल, चामल लगायत खाद्यसामाग्रीहरु बिक्री वितरण गर्दै आएको छ । शहरी क्षेत्रमा आयो नून तथा तराईमा शक्ति र तेज नून तथा दुर्गम क्षेत्रमा भानु नून पठाउने गरिन्छ । कर्पाेरेशनले निजी क्षेत्रले भन्दा सहुलियत मूल्यमा आफ्ना खाद्यसामाग्रीहरु बिक्री वितरण गर्दै आएको छ । विभिन्न समयमा हुने नाकाबन्दीहरु तथा संकटमा पनि कर्पाेरेशनले आम उपभोक्तालाई सहज रुपमा नुन तथा आफ्ना उत्पादनहरु बिक्रिवितरण गर्दै आएको छ । त्यसैले गर्दा सरकारी स्वमित्वका अन्य कम्पनी तथा संस्थानहरु टाट पल्टने, संकटग्रस्त हुने र बन्द भईरहको परिस्थितिमा पनि कर्पाेरेशनले उपभोक्ताको मनजित्न सफल भएको छ । उदाउँदो अवस्थामा छ । शेयरमा पनि राम्रो नाफा कमाउन सफल भएको छ । शेयर धनीलार्ई पनि राम्रो लाभांश दिएको छ ।

समयनाकुल कर्पाेरेशनले आफ्ना उत्पादन बढाउनुका साथै बिक्रि वितरणलाई पनि प्रभावकारी बनाउँदै लगेको छ । दुर्गम तथा दुरदराज पनि सहजरुपमा नुन, चिनी लगायत खाद्य सामाग्रीहरु बिक्रि वितरण गर्न सफल भएको छ । संघीय ढाँचा अनुरुप प्रत्येक प्रदेशमा आफ्ना कार्यालयहरु समेत स्थापना गरेको छ ।

कर्पाेरेशनले प्रत्येक वर्ष मुख्य पर्वहरुलाई लक्षित गरि सहुलियत तथा सुपथ मुल्य पसलसमेत सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि यहि भदौ २३ गते सोमबारदेखि आम उपभोक्तालाई सहुलियत दिने उदेश्यले काठमाडौ उपत्यकालगायत उपत्यका बहिर पनि विभिन्न स्थानमा दुग्ध विकास संस्थान र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसंग सहकार्य गरि एकिकृत सहुलियत पसल सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्