एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो ‘सुपर चमत्कारीक तलव बचत खाता’ योजना
काठमाडौं, भदौ २५ । एनआईसी एशिया बैंकले कर्मचारी लक्षित ‘सुपर चमत्कारीक तलव बचत खाता’ योजना सार्वजनिक गरेको छ ।
कर्मचारीहरुको मासिक तलब बचत गर्न उत्प्रेरित गर्ने उद्देश्यले बैंकले तलब खाता संचालनमा ल्याएको छ । ‘सुपर चमत्कारीक तलव बचत खाता’ शून्य मौज्दातमा खोल्न सकिने छ । बैंकले ६.५० प्रतिशत ब्याजदरमा उक्त बचत खाता योजना ल्याएको हो ।
जसअन्तर्गत कम्तीमा पनि ५ जना कर्मचारी कार्यरत संस्था वा कम्पनीले यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।
शून्य मौज्दातमा नै खाता खोल्न सकिने यो योजनामा तलवको भने कुनै सिमा तोकिएको छैन । कर्मचारीलाई कारोबार अवधिभरको लागि निःशुल्क इन्टरनेट बैंकिङ्गको सुविधा प्रदान गरेको बैंकले जनाएको छ ।
त्यसैगरी, मोबाईल बैकिङ्ग, डेबिट तथा क्रेडिट कार्डको सुविधामा पहिलो वर्ष निःशुल्क बनाएको छ । डीम्याट खाता पनि निःशुल्क खोल्न सकिने व्यवस्था बैंकले गरेको छ । त्यसैगरी यो योजनामा सी–आस्वा र लकरको सुविधा पनि लिन सकिन्छ ।
एनआईसी एशिया बैंकले ‘सुपर चमत्कारीक तलव बचत खाता’ खोल्ने आफ्ना ग्राहकलाई इन्स्योरेन्सको सुविधा पनि प्रदान गरेको छ ।
दुर्घटना बिमा अन्तर्गत ६० लाखसम्मको बिमा सेवा प्रदान गर्ने बैंकले जनाएको छ । दुर्घटना बिमा अन्तर्गत बिमितको सम्पूर्ण परिवारको लागि ६० लाख सम्मको बिमा सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
त्यसैगरी, गम्भिर प्रकारको विरामी भएमा दम्पतीलाई २० लाख सम्मको बिमा सेवा दिने बैंकको योजनामा उल्लेख गरेको छ । बैंकले मेडिकल बिमा तर्फ परिवारको सम्पूण सदस्यका लागि १ लाख ५० हजारको बिमा सेवा प्रदान गर्ने योजना अगाडी सारेको छ ।
बैंकले यस योजनाअन्तर्गत नेपालभरीको कुनै पनि बैंकको एटीएमबाट रकम निकाल्दा रकम नलाग्ने पनि जनाएको छ । त्यसैगरी निःशुल्क चेक क्लियरेन्सको सेवा पनि दिएको छ ।
बैंकले कर्जाको सुविधा पनि पनि दिएको छ । जसमा व्यक्तिगत कर्जा, ओभर ड्राफ्ट, घर कर्जा, सवारी कर्जा, वित्तिय सुविधा तथा शिक्षा कर्जा दिने बैंकले जनाएको छ । बैंकले यस योजना अन्तर्गत फिक्स्ड डिपोजिट सरहको उच्च व्याजदर प्रदान गरिने जनाएको छ । जसमा सुपर चमत्कारीक
बैंकले ‘सोच बदलौं पुरै परिवारको लागि १ करोड ३० लाख भन्दा बढिको बिमा सुविधाको फाईदा उठाऔं’ भन्ने नारा सहित अन्य विभिन्न चमत्कारिक बचत खाता योजना पनि सार्वजनिक गरेको छ ।
एनआईसी एशिया बैंकले यी बाहेक आफ्ना ग्राहकको लागि अन्य आकर्षक सुविधाहरु पनि प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्