राष्ट्रिय वाणिज्य बैंकका ग्राहक र कर्मचारीले अब किस्ट अस्पतालमा १५ प्रतिशत छुट पाउने
काठमाडौं, भदौ २४ । राष्ट्रिय वाणिज्य बैंकका ग्राहक र कर्मचारीले अब किस्ट अस्पतालमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक र किस्ट टिचिङ्ग अस्पतालबीच बैंकका ग्राहक, कर्मचारी तथा तिनका आश्रित परिवारलाई अस्पताले दिने सेवामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किस्ट टिचिङ्ग हस्पिटलका कार्यकारी अध्यक्ष आशिस थापाले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकका ग्राहक, कर्मचारी तथा तिनका आश्रित परिवारले आउटसोर्स बाहेकको हस्पिटल सेवा शुल्कमा १५ प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट एक वर्षसम्म पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्