विश्वकप फुटबल छनोटमा नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ , भदौ , २४ । विश्वकप २०२२ का लागि एसियाली छनौटको दोस्रो चरण अन्तर्गत नेपालले मंगलबार चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेतसँगको फराकिलो हारबाट विश्वकप छनौट यात्रा सुरु गरेको नेपाली टोलीका लागि मंगलबारको खेल दबाब पूर्ण छ । फिफा विश्वकप फुटबलका लागि एसियाली समूहको छनौट खेलमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्ने भएको हो ।

खेलमा ताइपेइको मुन्सिपालिटी स्टेडियममा अपरान्ह ४ बजेर ५५ मिनेट जाँदा सुरु हुनेछ ।

यो खेलमा कुनैपनि हालतमा अंक जोड्ने लक्ष्इका साथ नेपाल मैदानमा उत्रिनेछ ।

विश्वकप छनौटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार व्यहोरेको नेपाल आज फरक रणनीतिका साथ मैदानमा उत्रने प्रशिक्षक योहान कालिनले बताएका छन् ।

ताईपेइमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक कालिनले यो खेलबाट अंक जोड्दै विश्वकप छनौटमा पूनरागमन गर्ने नेपालको लक्ष्य रहेको बताए ।

नेपालले हालै भएको मैत्रीपूर्ण खेलमा चाईनिज ताइपेईसँग १–१ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्