ओलम्पिक कमिटीको निवार्चन गर्न सर्वोच्चले बाटो खोलिदियो

काठमाडौं , भदौ २२ । ओलम्पिक कमिटीको निर्वाचन गर्न सर्वाेच्च अदालतले बाटो खोलिएको छ ।
निर्वाचन स्थगित गर्न माग गर्दै ओलम्पिक कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले रिट दायर गरेका थिए ।


उनले दायर गरेको रीटमा आइतबार दुबै पक्षसँग छलफल गरी न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएसंगै बोटो खुलेको हो ।

यसअघि उक्त रीटमा भदौ १९ गते भएको सुनुवाईमा सर्वोच्चले निर्वाचन स्थगित गरी दुबै पक्षलाई आइतबारका लागि छलफलमा बोलाएको थियो । सर्वोच्चको आदेशपछि भदौ २० गतेका लागि तोकिएको ओलम्पिक कमिटीको निर्वाचन स्थगित भइसकेको छ ।

आइतबार रीट निवेदनकर्ता र विपक्षी नेपाल ओलम्पिक कमिटी दुबै पक्षको कुरा सुनेपछि सर्वोच्चले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।

सर्वोच्चको आदेशपछि स्थगित ओलम्पिक कमिटीको निर्वाचन अब नयाँ मिति तोकेर अघि बढाउन बाटो खुलेको छ ।

कार्यसमिति सदस्य चित्रकारले नेपाल ओलम्पिक राट्रिय मान्यता नपाएकाले निर्वाचन स्थतिग गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्