तीन वर्षमा ग्रिल व्यवसायमा काम गर्ने ५३ श्रमिकको ज्यान गयो
काठमाडौं, भदौ २२ । तीन वर्षयता ग्रिल व्यवसायमा काम गर्ने ५३ जना श्रमिकको ज्यान गएको छ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ, नेपालका अध्यक्ष मोहन कटुवालले सामान्य सुरक्षामा समेत ध्यान नदिएका कारण ती श्रमिकहरुले ज्यान गुमाउनु परेको तथ्यांक सार्वजनिक गरेका हुन्।
आइतबारबाट काठमाडौंमा सुरु भएको ग्रिल उद्योगमा कार्यरत श्रमिकहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले ग्रिल व्यवसाय जोखिमपूर्ण भएकाले सावधानीका साथ काम गर्न पनि त्यसमा कार्यरत श्रमिकहरुलाई सचेत गराए।
अध्यक्ष कटुवालले हातमा पञ्जा लगाउने, आँखामा चश्मा लगाउने जस्ता सामान्य सावधानी नअपनाउँदा पनि ग्रिल उद्योगमा काम गर्ने श्रमिकहरुको ज्यान जाने गरेकाले उनीहरुलाई सचेत गराउन प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गर्नुपरेको पनि स्पष्ट पारे।
महासंघले ग्रिल श्रमिकहरुको सुरक्षाका लागि पनि देशभर यस्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना पनि तय गरेको छ।
अध्यक्ष कटुवालले ग्रिलका कार्यरत श्रमिकहरुको जीवन र उनीहरुले आर्जन गरेका धनको सुरक्षा गर्न पनि महासंघले उनीहरुको जीवन रक्षाका लागि सावधानी अपनाउन सघाउ र्पुयाउने उद्देश्यका साथ प्रशिक्षण लगायतका चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कामलाई अघि बढाइएको पनि स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्