महाकालीमा पानीको बहाव बढ्यो, गाडीको आवत जावत प्रभावित
काठमाडौं, भदौ २१ । महाकालीमा पानीको बहाव बढेपछि भारतबाट नेपाल आउँदै गरेका चार पाङ्ग्रेगाडिहरु पारि नै रोकिएका छन् । शुक्रबार रातिदेखि परेको भारी वर्षापछि महाकाली नदीमा पानीको बहाव बढको हो ।
कञ्चनपुरलगायत चुरे क्षेत्रमा परेको भारी वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेकाल गाडीको आवत जावत प्रभावित हुन पुगेको छ ।
शनिबार दिउँसो २ बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ३४ हजार ८ सय क्यूसेक रहेको इलाका प्रहरी कार्यालय गड्डा चौकीले जनाएको छ ।
नदीमा पानीको बहाव एक लाख नाघेपछि भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे गाडीको आवागमनमा रोक लगाएको छ । सामान्यता पानीको बहाव एक लाख नाघेपछि पुलको सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले चार पाङ्ग्रे गाडीको आवागमनमा रोक लगाउने गरेको छ ।
आवागमन बन्द भएपछि भारतबाट नेपाल आउँदै गरेका सवारीसाधन पुल पारि रोकिएका छन् । यस्तै, साइकल तथा पैदल यात्रीलाई भने आवतजावत गर्न दिइएको छ ।
यता, नदीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले भीमदत्त नगरपालिका–११, १२ तथा महाकाली नगरपालिकाको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । पानीको बहाव बढेसंगै आवतजावतमा रोक लाएपछि स्थानीयलाई समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्