टानको मतदान कार्य सम्पन्न, आजै मध्यरातसम्ममा परिणाम आउने

काठमाडौं, २० भदौ । ट्रभल व्यवसायीहरुको छाता संगठन ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४१ औं साधारणसभाको मतदान कार्य सम्पन्न भएको छ ।

शुक्रबार बिहानदेखि काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा भएको निर्वाचनमा १ हजार ३ सय १९ मतदाता मध्यय ९ समय ८१ मत खसेको मतदान अधिकृत रमेश मैनालीले जागरणन्यूजलाई जानकारी दिए ।

मतगणना आजै केहिबेरमा सुरु हुने र आजै मध्यरातसम्ममा परिणाम आउने मतदान अधिकृत मैनालीले बताए । मतगणनाको लागि निश्चित प्रावधान बनाउने अहिले व्यवसायी र मतदानअधिकृतबीच छलफल भईरहेको छ ।

निर्वाचनमा बामपन्थीको तर्फबाट अञ्जन थापा( कुमार) र प्रजातान्त्रिक तर्फबाट खुम बहादुर सुवेदीको प्यानलबीच कडा प्रतिष्प्रधा भएको स्रोतले जनाएको छ ।

निर्वाचनमा कसले विजयी होल त्यो भने मत गणनाको परिणाम आएपश्चात थाह हुनेट । आजै मध्यरातसम्ममा परिणाम आउने छ । टानको यो निर्वाचनले १७ सदस्यीयलाई निर्वाचित गर्ने छ भने २ सदस्य पछि मनोनित गर्ने छ । यो निर्वाचन दुई दुई वर्षमा हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्