सिटी एफए कपमा विजयी

म्यानचेस्टर (एजेन्सी) । गए राति इङ्ग्लिस एफए कपमा म्यानचेस्टर सिटीले बर्नलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ । सिटीको जितमा सर्जियो अगुएरोले २ गोल गरे ।

खेल सिटीको पकडमा रहे पनि खेलको २५ औं मिनेटमा बर्नलीका एस्लि बार्न्सले गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफ बर्नलीको पक्षमा १–० रहेको अवस्थामा दोस्रो हाफमा सिटीले खेल पुरै उल्टायो ।

सिटीका लागि खेलको ५६ र ५८ औं मिनेटमा स्ट्राइकर सर्जियो अगुएरोले गोल गरे । त्यस्तै ७१ औं मिनेटमा लेरोय साने र ८२ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्