इन्भेस्टमेन्ट बैंक र सेल पेबीच सम्झौता

काठमाडौँ, भदौ २० । इन्भेस्टमेन्ट बैंक र सेल पेबीच सम्झौता भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले नेपालमा डिजिटल भुक्तानी र रकम स्थान्तान्तरण सेवा अझ प्रवद्र्धन गर्नका लागि भर्खरै सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेल पेसँग सम्झौता गरेको हो ।

नेपाल इन्मेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सेल पे, सेलकम, प्रा.लि. द्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताबाट डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थान्तन्तरण सेवा प्रदान गर्ने बैंकले जनाएको छ।

ग्राहकहरूले सेल पेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थान्तन्तरण गर्न सक्नेछन्।

ग्राहकहरूले सेल पे भुक्तानी विल्कप रहेका स्थानहरू सेल पे मार्फत् अन्य व्यापारिक भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ।

नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरूले सेल पे एकाउन्टमा आफ्नो खाता आवद्ध तुल्याउने वित्तीकै एक सयको मोबाइल रिचार्ज (टप–अप) पाउने सेल पे मार्फत बिलहरूको भुक्तानी गर्दा आकर्षक नगद फिर्ता (क्यास ब्याक अफर) पनि पाउने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यस मार्फत् मोबाइलको टप–अप गर्न, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरूको बिललगायत बिल भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ।

बैंकले ८२ शाखाहरू, १२० एटीएमहरू, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टर र ५४ ब्रान्चलेस बैंकिङ काउन्टरहरूमार्फत् ग्राहकको सेवा पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्