अब एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटल स्नो पीकमा १०% छुट

काठमाडौं, भदौ २० । एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटल स्नो पीकमा १०% छुट हुने भएको छ ।


एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पीकसँग साझेदारी गरेको छ ।

पोखरा लेकसाइडको मुटुमा अवस्थीत होटल स्नो पीक पर्यटकहरुका लागि प्राकृतिक र सांस्कृतिक रुपमा भरिपूर्ण गन्तव्य हो ।


एभरेष्ट बैंक र होटल स्नो पीकबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले आवास (सबै प्रकारका कोठाहरु), खाना र पेय पदार्थमा १०५ सम्म छुट पाउने छन् ।

ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्