मुक्तिनाथ विकास बैंकमा ई–सेवा मार्फत खाता खोल्न सकिने

काठमाडौं, भदौ १९ । मुक्तिनाथ विकास बैंकमा ई–सेवा मार्फत खाता खोल्न सकिने भएको छ ।
विकास बैंक र ई–सेवा बीच यस बैंकको खाता ई–सेवा मार्फत खोल्न मिल्ने गरी सम्झौता भएको छ ।
सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग तथा ई–सेवा को तर्फबाट ई–सेवा का प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेका छन् ।


यस सम्झौता पश्चात ग्राहक खाता खोल्नका लागि बैंक धाउनु पर्ने अवस्था अन्त्य भएको छ ।

यस सम्झौता अनुसार ई–सेवा ले नियुक्त गरेका एजेन्ट÷प्रतिनिधीहरु मार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सकिने भएको छ ।


यस अन्तर्गत खोलिएका सबै बचत खाताहरुमा पहिलो बर्षको लागि मोवाईल बैंकिङ्ग सेवा निशुल्क उपलब्ध हुनेछ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ ।

विकास बैंक लि.ले देशैभरी रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ATM बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्