मुक्तिनाथ विकास बैंकले गर्यो प्रेमसागर फाउण्डेसन नेपाललार्ई सहयोग

काठमाडौं, भदौ १८ । मुक्तिनाथ विकास बैंकले प्रेमसागर फाउण्डेसन नेपाललार्ई सहयोग गरेको छ ।

बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रेमसागर फाउण्डेसन नेपालले धादिङ्गको थाक्रे गाउँपालिका–५, दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले जनभोजको लागि एक दिनको लागत खर्च रकम ५० हजार सहयोग गरेको छ । उक्त उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका धार्के शाखाका प्रमुख राजीव आचार्यले प्रेमसागर फाउण्डेसन नेपालका व्यवस्थापक भोला राउतलाई हस्तान्तरण गरे ।

यस फाउण्डेसनले हरेक दिन करिब ५०० स्कुले बालबालिका तथा वृद्धवृद्धाहरुलाई निःशुल्क भोजन खुवाउदै आएको र करिब १५०० स्कुले बालबालिकालाई ताजा खाजा स्कुलमा पु¥याउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्