रवि लामिछानेको मुद्दामा उच्च अदालतले दियो यस्तो आदेश
काठमाडौं, भदौ १८ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेश विरुद्ध उच्च अदालत हेटौंडामा दर्ता गराएको पुनरावेदन निवेदनमा कैफियत प्रतिबेदन माग्न आदेश दिएको छ ।
न्यायाधीश टेकराज नेपालको इजलाशले लामिछाने र युवराज कँडेलले मंगलवार दायर गरेको निवेदनमा पहिलो सुनुवाई गर्दै जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण मगाउन आदेश दिएको हो ।
शालिकराम पुडासैनी मृत्यु प्रकरणपछि कानुनी झमेलामा रहेका टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको हो ।
साउन २० मा पुडासैनीले आत्महत्या गरेपछि दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा रिहा भएका लामिछाने र ३ लाख धरौटीमा रिहा भएका अर्का पत्रकार युवराज कँडेल कंगलबार उच्च पाटनमा पुनरावेदनका लागि पुगेका थिए ।
लामिछाने र कँडेलले जिल्ला अदालतको फैसला त्रुटीपूर्ण भएको जिकीर गर्दै उच्च अदालतमा निवेदन दिएका हुन् । सोही प्रकरणमा मुछिएकी अस्मिता कार्की भने साधारण तारेखमा रिहा भएकी थिइन् ।
उच्च अदालतले अर्को सुुनवाईमा उनीहरुसंग मागेको धरौटीको बारेमा सुुनवाई गर्ने छ ।
उच्चलाई उक्त आदेश मनासिव लागेमा सदर गर्नेछ भने त्रुटीपुर्ण लागेमा उल्टाउने छ।
प्रतिक्रिया दिनुहोस्