सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्गबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग बिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा द हबि अटो ट्रेडिङ्गका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङ्गबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो टे«डिङ्गको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने छ ।
हालसम्म बैंकको ९६ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्