लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षले लिए शपथ
काठमाडौं, भदौ १५ । लुम्बिनी विकास बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार नव नियुक्त अध्यक्ष दशरथ रिसालले शपथ ग्रहण लिएका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष आज भदौं १५ गते पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
अध्यक्ष रिसालको बैंक तथा वित्तीय संस्थाको संचालक पदमा रही कार्य गरेको करिब १२ वर्षको अनुभव तथा विभिन्न व्यवसायीक तथा सामाजीक संस्थाहरुमा लामो समय कार्य गरेको अनुभव रहेको छ ।






















प्रतिक्रिया दिनुहोस्