सुदुरपश्चिम खप्तड गोल्डकपः आज धरान र संकटा भिड्दै

काठमाडौं । धनगढिमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज सीएमजी संकटा र धरान फुटवल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । संकटा र धरान फुटबल क्लबबिचको प्रतिस्पर्धा धनगढिस्थित स्थानीय रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । टाईब्रेकरमा पोखराको सहारा क्लबलाई पराजित गर्दै एपीएफ अन्तिम ८ मा प्रवेश गरेको हो ।

१२ टोली सहभागी प्रतियोगिताको उपाधि बिजेताले ११ लाख ११ हजार तथा उपबिजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ । पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्