माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं , भदौ १५ । माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड गरिएको छ । साउनको पहिलो साता जारी भएको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र समानुपातिक रुपमा बाँडफाँड गरिएको हो ।

बैंकले जारी गरेको ऋणपत्रको ब्याज दर १०.२५ प्रतिशत कायम गरिएको थियो । ‘माछापुच्छ्रे डिबेन्चर २०८५’ नाम दिइएको ऋणपत्र सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ११ लाख ७० हजार कित्ताको लागि आवदेन दिन पाउने व्यवस्था गरिएको थियो ।

बैंकले ३ अर्बको ४० प्रतिशत सर्वसाधारणको लागि निष्काशन गरेको थियो । सबै ऋणपत्र दोस्रो चरणमा बिक्री भएको हो । यसअघि छिटोमा मागबमोजिम आवेदन नपरेपछि आवेदन दिने म्याद लम्बिएर भदौ ३ अन्तिम दिन रहेको थियो ।

जसमध्ये सर्वसाधारणले प्रति इकाइ एक हजार रुपैयाँ दरले १२ लाख कित्ताभन्दा बढी कित्ता सेयर किन्न आवेदन दिएका थिए । ऋणपत्र निष्कासनका लागि इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार अनुसार बैंकले ‘इक्रा एनपि आइआर ए माइनस’ प्राप्त गरेको थियो ।

बैंकले निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गरिने जानकारी पनि दिएको छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्