सानिमाको शाखा कैलालीको बौनियाँमा पनि खुल्यो

काठमाडौं, १५ भदौ । सानिमा बैंक लिमिटेडले यहि भाद्र १५ मा कैलालीको बौनियाँमा शाखा कार्यालयको औपचारीक उद्घाटन गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । शाखा कार्यालयको समुद्घाटन, सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलले संयुक्त रुपमा गरेको हुन् ।

उद्घाटन् समारोहमा सानिमा बैंकका संचालक भरत कुमार पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । समुद्घाटन समारोहमा श्री हरिवंश आचार्यज्यूले बौनियाँमा सानिमा बैंक संचालनमा आएकोमा बौनियाँ वासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय
बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नु भयो ।

बैंक को उक्त शाखा समेत गरी हाल सम्म ७९ वटा शाखा संजाल तथा ७५ वटा ए.टि.एम. रहेका छन् । २०७६ आषाढ मसान्तको प्रमुख वित्तीय झलक पूंजीकोष १३.११%, निष्कृय कर्जा, ०.०८% रहेको छ ।

प्रतिक्रिया दिनुहोस्