इंग्लिस प्रिमियर लिगमा शनिबार ८ खेल हुँदै, पहिलो खेलमा म्यान्चेष्टरले साउथह्याम्टनको सामना गर्ने

कठमाडौं, भदौ १४ । इंग्लिस प्रिमियर लिगमा शनिबार आठ खेल हुँदैछन् । पहिलो खेलमा म्यान्चेष्टर युनाइटेडले साउथह्याम्टनको सामना गर्ने भएको छ । खेल नेपाली समय अनुसार सवा पाँच बजे सुरु हुने छ ।

म्यान्चेष्टर युनाइटेडले तीन खेलमध्ये एउटामा जित, एउटामा पराजय र एउटामा हार बेहोरेको छ । साउथह्याम्टनले भने दुई खेलमा हार र एउटामा जित निकालेको छ । यी दुईको खेल साउथह्याम्टनको मैदानमा हुनेछ ।

यस्तै साँझ पौने आठ बजे ६ ओटा खेल हुँदैछन् । चेल्सीले स्ट्याम्फर्ड ब्रिजमा शेफिल्ड युनाइटेडसँग खेल्दैछ भने क्रिष्टल प्यालेसले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ ।

यस्तै लेस्टर सिटीको मैदानमा एएफसी बर्नमाउथ र म्यान्चेष्टर सिटीले ब्राइटन एण्ड होभ अल्वियनसँग खेल्दैछ ।

न्युकासल युनाइटेड वाट्फोर्डसँग र वेष्टह्याम युनाइटेडले नर्विच सिटीसँग प्रतिस्पर्धा गर्दा राति सवा १० बजे लिभरपुलले बर्नले एफसीको मैदानमा खेल्दैछ । खेल जिन्ते दाउमा भने सबै प्रतिस्प्रधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्