सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं, भदौ १३ । सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मालाई नियुक्त गरिएको छ ।
सिद्धार्थ बैंकको भाद्र १२ गतेको सञ्चालक समिति बैठकले शर्मालार्ई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरेको हो ।

शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरिसकेको लामो अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्