पहिलो क्लासिक ओपन बडिबिल्डिङ्ग प्रतियोगिता आजदेखि शुरुहुँदै

काठमाडौं, १३ भदौ । पहिलो क्लासिक ओपन बडी बिल्डिङ्ग प्रतियोगिता आजदेखि शुरु हुँदैछ । हेल्पिङ क्यापको आयोजनमा हुन लागेको प्रतियागितामा देश तथा विदेशबाट खेलाडी तथा जर्जहरु आईसकेको र सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

खेलाडीहरु प्रतियागितामा भाग लिनको लागि रजष्ट्रिशन खुला भएको हेल्पिङ क्यापका अध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्र महर्जनले नागरणन्युलाई जानकारी दिए ।

ललितपुरको ज्वागल ब्यांक्वेकमा आजदेखि शुरु भई दुई दिनसम्म चल्ने प्रतियागितामा विजेता खेलाडीहरुलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । अन्तिम खेल तथा पुरस्कार वितरण कार्यक्रम भने ललितपुरको सानेपा स्थित हरिटेज गार्डेनमा हुने छ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा ललितपुर वडिविल्डर एण्ड फिटनेश संघको सहकार्यमा भएको हो ।

हेल्पिङ्ग क्याप कार्यक्रमका संयोजक राजेन्द्र महर्जनले सरकारले लिएको भ्रमण वर्षको योजनालाई सफल बनाउ खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय तहमा प्रचार गरी पर्यटन क्षेत्रको विकास र अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागेको बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु पाँच लाख, दुई लाख ५० हजार र दुई लाख ,१ लख ५० हजार, १ लाख , ७५ हजार, ६० हजार , ५० हजार, ४० हजार, ३० हजार नगद सहित ताम्रपत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्