सिभिल बैंकद्वारा विभिन्न विद्यालयहरुलाई सहयोग प्रदान

काठमाडौ, १२ भदौ । सिभिल बैंक लिमिटेडले गत वर्ष आएका हावा–हूण्डरी प्रभावित विद्यालयहरुको संरचना मर्मतको लागि सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आज एक कार्यक्रमकाबीच पर्सा, खुतुवापर्र्सौनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विद्यालय भवनको छत मर्मतको लागि रु.३ लाख रकम हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्य कलाकार एवं प्रस्तोता सन्दिप क्षेत्री केहि समय अघि प्रशारण भएको “को बन्छ करोडपति”े टिभि कार्यक्रममा सहभागी हुनु भएको थियो र सो कार्यक्रममा रु एक लाख साठी हजार (कर सहित) नगद पुरस्कार जित्न सफल भएका थिए ।

सो रकम सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ्ग युवराज गुरागाईंले विद्यालयका प्रधान अध्यापक रामेश्वर प्रसाद यादवलाई हस्तान्तरण गर्नु भयो । यस अघि पनि श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, जितपुर, बाराको छत मर्मतको लागि बैंकले रकम प्रदान गरेको थियो र यो सहयोगसंगै बैंकले गरेको वाचा पुरा गरेको छ ।

सिभिल बैंकले समाज प्रतिको उत्तरदायीत्व बहन गर्ने क्रममा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । त्यसका साथै आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको कुरा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्