पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण
काठमाडौं, भदौ १२ । पाकिस्तानले छोटो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । भारतले जम्मु काश्मीरलाई दिइएको विशेष अधिकार कटौती गरेको विरोध गर्दै आएको पास्तिानले बिहीबार ‘गजनवी’ ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्विट गर्दै कराची नजिकैको सोनमियानी उडान परीक्षण केन्द्रबाट मिसाइल परीक्षण गरिएको जनाएका छन् ।
काश्मीर मुद्दामा अन्तरराष्ट्रिय स्तरमा सोचेअनुसार समर्थन नपाएपछि पाकिस्तानले ब्यालेस्टिक मिसाइल परीक्षण गर्ने धम्की दिँदै आएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ । ‘गजनवी’ मिसाइलको क्षमता दुई सय ९० किलोमिटर रहेको छ ।
पछिल्लो समय पाकिस्तान र भारतबिच विवाद बढेको छ । जम्मु काश्मीरको विषयलाई लिएर विवाद उत्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्