प्रभु बैंकको नयाँ शाखा गोरखाको छेपेटारमा

काठमाडौं, भदौ १२ । प्रभु बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका १० छेपेटारमा आफ्नो शाखा विस्तार गरी कार्यालय सञ्चालनमा ल्याएको छ ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रमुख बोल्दै नगरप्रमुख पाण्डेले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे ।

छेपेटार शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने उनले बताए ।

त्यसैगरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत उनले आग्रह गरे ।

कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ गोरखाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्