फिफा विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, को-को परे ?

काठमाण्डौ , भदौ १२ । कतारमा सन् २०२२ मा आयोजना हुन लागेको फिफा विश्वकप अन्तर्गत एसियन छनोट दोस्रो चरणको नेपाली टोलीको घोषणा भएको छ ।

फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरिएको हो ।

प्रशिक्षक योहान कालिनले सार्वजनिक गरेको टिममा मलेसियामा गरेको प्रर्दशनका आधारमा खेलाडी छनोट गरिएको छ । नेपालले कुवेतविरुद्ध सेप्टेम्बर पाँच र चाइनिज ताइपेइविरुद्ध सेप्टेम्बर १० तारिखमा खेल्ने छ ।

यस पटक पनि नियमति कप्तान विराज महर्जन टिममा परेका छैनन् । उनी मलेसियाको लिग च्याम्पियन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि परेका थिएनन् ।

यसैगरी विमल राना र एलेन न्यौपाने पनि टिममा परेका छैनन् । रानालाई रोहित चन्द र न्यौपानेलाई किरण चेम्जोङले रिप्लेस गरेका हुन् । भरत खवास पनि यस पटक टिममा छैनन् ।

हाल नेपाली सेनाको तालिमका लागि थाइल्याण्डमा रहेका खवासले कुवेत र चाइनीज ताइपेइ विरूद्दको खेल गुमाउने जनाइएको छ । बाँकी खेलमा उनी उपलब्ध हुने सम्भावना रहेको छ ।

मलेसियाबाट फर्किएपछि नेपाली टिमले आज बिहान प्रशिक्षण समेत गरेको थियो । कुवेत विरुद्धको खेलका लागि नेपाली टिम आइतबार जानेछ । टिममा २३ खेलाडी, सात अफिसियल र अरु ६ जना पदाधिकारी रहेका छन् ।

जसमा गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ, डिफेन्डरमा सरोज दाहल, अजित भण्डारी, दिनेश राजबंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल त्यसै गरि मिडफिल्डरमा सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द यस्तै फरवाडर्मा विमल घर्ती मगर, अभिषेक रिजाल र नबयुग श्रेष्ठ रहेका छन् ।

यस्तै गोलकिपर एलन न्यौपाने र विमल राना पनि टोलीमा अटाएनन् । न्यौपानेको स्थानमा किरण थपिँदा विमल रानाको स्थानमा रोहित चन्द समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्