सागका लागि ३५ सदस्यीय प्रारम्भिक नेपाली क्रिकेट टोलीको घोषणा, को -को परे ?
काठमाडौँ , भदौ १२ ।दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करण अन्तर्गत क्रिकेट खेलका लागि प्रारम्भिक नेपाली क्रिकेट टोली घोषणा भएको छ ।
आउँदो मंसिरमा हुने सागका लागि पहिलो चरणको प्रशिक्षणमा ३५ खेलाडी छनौट भएका हुन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले खेलाडी छनौट गरेका हुन् । टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्रकुमार मुखिया, प्रदीप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितनारायण राजवंशी, विक्रम सोब, इशान पाण्डे र करण केसी छन् ।
यस्तै मोहम्मद आशिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, रित गौतम, सन्दीप जोरा, पवन शर्राफ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आरिफ शेख, सुशन भारी, अनिल कुमार साह, अभिनास बोहरा, सन्दीप लामिछाने, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र सहाब आलम पनि टोलीमा छन् । आउँदो आइतबारदेखि टोलीले साग लक्षित प्रशिक्षण सुरु गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्