यू–१५ साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपाल दुई गोलले अगाडि

काठमाडौं , भदौ १२ । यू–१५ साफ च्याम्पियनसिप फुटबलमा उपाधि यात्रा तय गर्न निर्णायक भुटानविरुद्धको खेलमा नेपालले २ गोलको अग्रता लिएको छ ।

भारतको कल्याणीमा जारी खेलमा पहिलो हाफ सकिँदा नेपालले २ गोलको लिएको हो । नेपालका लागि प्रदिप लम्साल र निराजन खत्रीले गोल गरेका छन् ।

कल्याणी रंगशालामा खेल सुरु भएको पाँचौं मिनेटमा प्रदिपले नेपाललाई दिलाएका अग्रता लगत्तै ४ मिनेटपछि निराजनले दोब्बर बनाएका हुन् ।

लगातारको दुई गोलपछि दबाबमा परेको भुटानले सम्हालिएको प्रदर्शन गरीरहेको छ । भुटान रक्षात्मक बन्दा नेपालले आक्रमक खेल खेलिरहेको छ ।

भुटानविरुद्ध जित निकाले नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । ५ राष्ट्र सहभागि साफ च्याम्पीयनसिपमा आयोजक भारत ३ खेलमा जित निकाल्दै ९ अंकका साथ फाइनल पुगिसकेको छ । नेपाल ६ अंक बटुल्दै दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्