एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरुलाई १०% वोनश तथा ११% नगद लाभांश दिने

काठमाडौं, भदौ ११। एन आई सी एशिया बैंक लिमिटेडले १०%  वोनश तथा ११%  नगद लाभांश दिने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आ.व. ०७५र०७६ को लागि प्रति शेयर रु.१० (१० एनआईसी एशिया बैंकले १०%  वोनश तथा ११%  नगद लाभांश दिने ) ले हुन आउने रकम रु. ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० शेयर लाभांश तथा रु. ११.०५२६ (११.०५२६ % ) ले हुन आउने रकम ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गर्नेछ ।

बैंकिङ्ग क्षेत्रमा तरलतामा देखिएको चुनौतीपूर्ण अवस्थाको बावजुद पनि बैंकले आर्थिक वर्ष ०७५र०७६ मा प्रति शेयर आम्दानी र शेयर पुँजी तथा कोषमा प्रतिफल क्रमशः रु.३४.२२ र २२.७३५ आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्