पोखरामा ३ दिने राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने

काठमाडौं । पोखरामा ३ दिने राष्ट्रिय महिला भलिबल हुँदै प्रतियोगिता हुने भएको छ ।

तीज महोत्सवको अवसर पारी हरेक वर्ष आयोजना गरिँदै आएको महिला राष्ट्रिय भलिबल यस पटक पनि तीन दिनसम्म आयोजना गरिएको जनाएको छ ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा हुने प्रतियोगितामा विभागिय क्लब एपिएफ र नेपाल पुलिससहित ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै न्यू डायमण्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, पश्चिमाञ्चल भलिबल र चितवन टाईगर्स सहभागि हुने आयोजकले बताएको छ । १४ गतेबाट १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुने टोलीले ६५ हजार रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले २५ हजार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्