ज्योति विकास बैंकको नयाँ शाखा महाराजगंजमा

काठमाडौं, भदौ १० ।ज्योति विकास बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको महाराजगंजमा विस्तार गरि सञ्चालनमा ल्याएको छ ।

भदौ १० गते मगंलबारको दिन महाराजगंजमा नयाँ शाखाको औपचारिक उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा विस्तार गरको बैंकले जनाएको छ ।

बैंकको नयाँ शाखाको उद्घाटन पूर्व अर्थमन्त्री डा. रामशरण महतल गरेका छन् ।

समारोहमा बोल्दै पूर्व अर्थमन्त्री महतले बैंकिङ्ग क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहेको कुरामा जोड दिए। साथै बैंकहरुले आधुनिक सेवामार्फत सबै जनता तथा संस्थाहरुलाई सहयोग गरी मुलुकको अर्थतन्त्रलाई अघि बढाउन अग्रसर रहनु पर्ने धारणा व्यक्त्त गरे।

कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझ सुधार उन्मुख रहने प्रतिबद्धता व्यक्त्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताए ।

साथै उनले ज्योति विकास बैंकले आगामी दिनहरुमा पनि जनमानसमा बैंकिङ्ग सेवा सहज र सरल बनाउन लागिरहने प्रतिबद्धता व्यक्त्त गरे भने वडाध्यक्ष दिपक केसीले बैंकलाई स्थानीय स्तरमा गर्नुपर्ने सहयोगका लागि हरेक ढंगले सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गरे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा नं ३ का वडाध्यक्ष दिपक केसी, ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्का, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्