इरानसँग वार्ता गर्न अमेरिका तयार
काठमाडौं , भदौ १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रपति हसन रुहानीसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।
फ्रान्समा जारी जी सेभेन राष्ट्रहरुको बैठक चलिरहेका बेला आइतबार इरानी विदेशमन्त्री उक्त बैठकमा पुगेपछि राष्ट्रपति ट्रम्पले आफू इरानसँग वार्ताका लाग तयार रहेको बताएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
इरानको परमाणु गतिविधि कम गर्नेबारेमा सन् २०१५ मा भएको सम्झौताबाट गत वर्ष अमेरिका पछि हटेपछि दुवै देशको सम्बन्ध चिसिएको थियो ।
राष्ट्रपति ट्रम्ले इरानसँग परमाणु गतिविधिबारे नयाँ सम्झौता गरेर अघि बढ्न चाहेकोसमेत बताउनुभएको बीबीसीले जनाएको छ ।
इरानले आणविक हतियार नष्ट गरे उसैका लागि भलाइ हुने राष्ट्रपति ट्रम्पको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्